पोखरामा २३ वर्षपछि निकालिएको बाघजात्रा भव्यताका साथ सम्पन्न
पाेखरा | भदौ २०, २०८०
पोखरा: पोखरामा २३ वर्षपछि निकालिएको बाघजात्रा भव्य रुपमा सम्पन्न भएको छ ।
पोखरामा तीनसम्म चलेको जात्राहरुको पनि जात्राको रुपमा रहेको बाघजात्रामा पोखराका विभिन्न स्थानमा बाघको खोजी गर्दै पोखरा रंगशालामा सांकेतिक रुपमा बाघको बध गर्दै जात्रा समापन भएको हो ।
संस्कृति विद् जगमान गुरुङले हिसं्रक बाघलाई मारेपछि यो जात्रा सुरु भएको बताए । उनले जात्राले हिंसा र भयरहित समाज निर्माण गनेृ सन्देश दिदैँ अन्त्य भएको सुनाए । पोखराको शहरीकरण, आर्थिक विकास र संवृद्धिसंग नेवार समुदायको महत्वपूर्ण भूमिका रहेको सुनाउँदै उनले देश संवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
बाघजात्राले पनि सोहि सन्देश दिएको उनको भनाई छ । ‘यो बाघजात्राको रुपमा मात्रै होइन यसले अहिंसाको सन्देश दिइरहेको छ । एकताले काम ग¥यो भने जस्तो सुकै हिसांको पनि अन्त्य हुन सक्छ भन्ने सन्देश पनि दिएको छ । बाघ हिंस्रक हुन्छ त्यसलाई मार्न सहज हुँदैन ।
त्यहि कुरा आज यहाँ देखाइदैछ’ उनले भने, ‘देश संवृद्धिमा नेवारी समुदायको भूमिका महत्वपूर्ण छ । २३ वर्षपछि देखाएको यो जात्राले हिंसामुक्त, भयरहित शान्ति समाजको बनाउने सन्देश दियो ।’
यस्तै सुनिल उलकले बाघजात्रा इतिहाससंग जोडिएको विषय रहेको सुनाए । उनले धेरै समयअघि मानिसहरुले वन अतिक्रमण गर्दै बस्ती विस्तार गर्नेक्रमा बाघको आक्रमणले आजित हुने गरेका थिए । गाईवस्तुदेखी मानिस समेत बाघ सिकार हुँदा सामान्य रुपमा मार्न नसकेपछि राजाकोमा विन्ति चढाई हिंस्रक बाघ मारिएको थियो ।
बाघजात्रा सामान्य नरहेको उनको भनाई छ । उनका अनुसार बाघमार्न तान्त्रि धुनको पनि आवश्यक पर्छ जसले बाघलाई लठ्याउने गर्दछ । पोखरामा अहिले दुई जनामात्रै बाजा बजाउन जान्ने व्यक्ति रहेको र तिनै व्यक्तिबाट युवाहरुलाई बाजा सिकाई बाजाको लोप हुनबाट जोगिएको बताए । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बाघजात्राको संरक्षण र प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । उनले बाघजात्रा एक समुदायको मात्र नभई सबै नागरिकका लागि भएको बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

